

चिनमा खोप भन्दै बेचियो पानी , एक व्यक्तिले कमाए लाखौं


एजेन्सी
चीनमा एक जना व्यक्तिले कोरोना विरुद्धको नक्कली खोप बेचरे लाखौं डलर कमाएको छ । पानी र सलाइन पानीलाई कोरोना विरूद्धको खोपको रूपमा प्रयोग गरेर लाखौँ डलर कमाएको आरोपमा कङ नामलाई प्रहरीले पक्राउ गरेको हो ।
केही मात्रा खोप चीन बाहिर पनि तस्करी भएकोपनि तर ती खोप कुन देशमा लगियो भन्ने प्रष्ट छैन । केही समयअघि यस्तै प्रकारका अपराधका चीनमा लागि अन्य ७० जना गिरफ्तार गरिएको थियो ।
कोरोनाभाइरसका कारण संसारभर नक्कली औषधीको बिगबिगी गत वर्षको अन्त्यतिर नै यस्ता घटना भएको पाइएको भए पनि विस्तृत जानकारी भने यो हप्ता मात्रै सार्वजनिक गरिएको थियो।
एउटा अदालतको आदेशमा जनाइए अनुसार कङ र उनको समूहले पानी र सलाइन पानीलाई कोभिड खोपका रूपमा लगाएर गत अगस्टयता मात्रै २७ लाख अमेरिकी डलर कमाएका छन् ।
अन्य मुलुकमा पठाउनुअघि यस्तै खोपका ६०० मात्रा गत नोभेम्बरमा हङकङमा पनि पठाइएको थियो । वास्तविक उत्पादकबाट ‘भित्री बाटो’ प्रयोग गरेर खोप पाएको भन्दै खोप बिक्री गरिएको थियो । केही अस्पतालमा यस्तै नक्कली खोपहरू महँगो मूल्यमा बिक्री गरिएको पनि बताइएको छ।
चीनको उच्च अदालतले क्षेत्रीय निकायहरूलाई यस्ता कारबाही रोक्न प्रहरीलाई सहयोग गर्न आग्रह गरेको छ । अधिकारीहरूले चिनियाँ नयाँ वर्ष अघि नै १० करोड खोप लगाउने योजना थियो तर अहिलेसम्म चार करोडले मात्रै खोप पाएका छन् ।
चीनमा कडा लकडाउन परीक्षण र ट्रेसिङबाट कोरोनाभाइरस महामारी नियन्त्रणमा ल्याउने गरिएको छ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया