

न्यायको माग राख्दैँ मेची महाकाली बुहारी सयुंक्त आवाजको हिसां विरुद्धको अभियान

कपिलवस्तु ।

बलात्कार पछि हत्या भएकी बैतडिकी १७ वर्षिया किशोरी भागिरथी भट्टको न्यायको माग राख्दैँ देशव्यापि रुपमा विभिन्न कार्यक्रम हुदैँ आएका छन् ।
त्यसै क्रममा महिला तथा बालवालिकाको हिसां विरुद्धको अभियान अन्र्तगत भागिरथीको हत्यारालाई सार्वजनिक गर,बलात्कारीलाई फासी दे महिला हिसां बन्द गर भन्ने नारा सहित मेची महाकाली बुहारी सयुंक्त आवाजको कपिलवस्तु शाखाले जिल्लाको ४ नं गोरुसिगें लगायतका स्थानमा नाराबाजी गरेको छ ।
आज गोरुसिंगेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सह संयोजक दिमा सुवेदीले हत्यारालाई ढाकछोप नगर्न र कडा कारबाहीको माग गर्नुभएको छ । हिसां विरुद्ध सरकारले केहि कदम नचाले देशभरका महिला मिलेर चक्का जाम गर्ने त्यस्ले पनी सरकारको ध्यान नपुगे राष्टपति र प्रधानमन्त्रि कार्यालय घेराउ गर्ने चेतावनी दिनुभएको छ । साथै प्रहरी प्रशासनलाई कसैको दवाव र प्रलोभनमा नलाग्न आग्रह गर्नुभएको छ ।
गोरुसिगें क्याम्पस रोडबाट सुरु भएको जुलुस सपं दशं उपचार केन्द्रमा आएर कोण सभामा परिणत भएको थियो । जिल्ला संयोजक चन्द्रा अर्यालको संयोजकत्वमा भएको कार्यक्रमा दिप प्रज्वलन गर्दै समापन भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया