

वाणगंगाको एक सुकुमबासी बस्तिमा व्यक्तिको नजर, गाउँलेहरु चिन्तामा



कपिलवस्तु ।

सरकारले भुमिहिन सुकमबासी र अव्यवस्थित बसोवासीहरुको समस्या समाधनको प्रक्रिया सुरु गरेपछि कपिलवस्तुका सुकुमबासी नागरिकहरुमा कैतै खुसी छाएको छ भने कतै निराशा छ ।
लगत संकलन गरे लगत्तै सुकुमबासी बस्थितमा अमिन ल्याएर बस्ती नपाउन थालेपछि गाउँले चिन्तामा परेका हुन् ।
वाणगंगा नगरपालिका वडा नं. ८ को सिसेनी बस्तीको जग्गा आफ्नो नाममा रहेको भन्दै केही व्यतिहरु आएपछि मंगलबार पत्रकारलाई बोलाएर स्थानीयले आ–आफ्नो गुनासो राखेका छन् । एक हप्ता अगाडी वाणगंगा नगरपालिकाबाट आएको भूमि सम्बन्धि समस्या समाधान आयोग लगत संकलन इकाईको टोलीले सिसेनीमा लगत संकलन गरे लगत्तै याे विषय बाहिर आएकाे हाे ।साे बस्तीका नागरिकहरुले न्यायको लागि अपिल पनि गरेका छन् ।
सुकुम्बासी बस्तीमा लामो समयदेखि बस्दै आएका बासिन्दाहरुले आफुहरु बस्दै आएको स्थानबाट अहिले हटाउनका लागि षडयन्त्र भइरहेको भन्दै न्याय मागेका हुन । उक्त बस्तीमा बिशेषगरी जनजाती र अल्पसंख्यक समुदायका मानिसहरु बर्षौ देखि बसोवास गर्दै आईरहेका छन् । करिब ४० घर धुरी रहेको उक्त सुकुम्बासी बस्तिमा बिगत ४० बर्ष देखि नै बस्दै आएका जुजा मियाले आफु बसेको लामो समय भई सक्दा अहिले सम्म कतैबाट हटाउने प्रयास नभएको बताउनुभयो । उहाँले सुकुम्बासी बस्तीमा रहेकाको लगत संकलन गरि जग्गाको लालपुर्जा दिने प्रक्रिया सुरु भएपछि जग्गाको लालचमा आफुहरुलाई हटाउने षड्यन्त्र भईरहेको गुनासो गर्नुभयो ।
बर्षौ देखि नदी उकासको क्षेत्रमा टहरा बनाएर बसेका सुकुमबासी नागरिकहरुलाई वाणगंगा नगरपालिकाले विद्युत, खानेपानी, बाटोको सुविधा प्रदान गरेको छ । स्थानिय सम्दीम मियाँका अनुसार आजसम्म कसैले आफ्नो दावी नगरेको स्थानमा अहिले लालपुर्जा उपलब्ध हुने भएपछि आफुहरुलाई हटाउने प्रयास भईरहेको गुनासो गर्नुभयो । अधिकांश मुस्लिम समुदायका नागरिकहरु रहेका यो बस्तीमा जनजाती, दलितको पनि बसोबास रहेको छ ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया