एकीकृत आवास विकास परियोजना तिलोत्तमामा सुरु

बुटवल ।

लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले तिलोत्तमा नगरपालिका वडा नं ७ भलबारीमा आवास विकास परियोजना शुरु गरेको छ । रुपन्देहीको तिलोत्तमामा करिब दुई अर्ब रुपैयाँ लगानीको एकीकृत आवास विकास परियोजना सुरु भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकखण्डको भलबारी चोकदेखि १४ सय मिटर पूर्वतर्फ ६ बिघा क्षेत्रफलमा निर्माण गरिने एकीकृत वस्तीमा खेल मैदान, बाल उद्यान, जिमखाना, स्वीमिङ पूल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुरेन्ट, सैलुन तथा मन्दिरसमेत निर्माण गरिने छ ।

२६ फुट मूल बाटो तथा २४ फुटको सहायक बाटो रहने गरी नेपाल सरकारको शहरी विकास मापदण्ड अनुसार साढे दुई तलाका भुकम्पप्रतिरोधी घर निर्माण गरिने प्रालिका अध्यक्ष नेत्रलाल वनले जानकारी गराए । परियोजना अन्तर्गत पहिलो समूहका घरको मूल्य २ करोड ५० लाख तथा दोस्रो समूह अन्तरगतका घरको मूल्य १ करोड ७५ लाख रुपैयाँ कायम गरिएको प्रालिका अध्यक्ष नेत्रलाल वनले बताए ।

३ वर्षभित्रमा परियोजना सम्पन्न गर्नेगरी काम गरिरहेको प्रालिले कुनै पनि ग्राहकले घर बुकिङ गरेको कम्तीमा ६ महिनाभित्र तयारी घर उपलब्ध गराउने बताएको छ ।

प्रतिक्रिया

खबर सबै