

दोस्रो टेस्ट भारतले इङ्ग्लाण्डलाई ३१७ रनले हरायो



काठमाण्डाै
इङ्ग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेट भारतले तीन सय १७ रनले जितेको छ । चार सय ८२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड चौथो दिनको खाना समयअघि नै एक सय ६४ रन बनाउँदा अलआउट भएपछि भारत विजयी भएको हो ।
इङ्ल्याण्डका लागि मोइन अलीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै कप्तान जोए रुट ३३ रनमा आउट भए । भारतका अक्षर पटेलले पाँच, रविचन्द्रन अश्विनले तीन र कुलदीप यादवले दुई विकेट लिए ।
भारतले पहिलो पारीमा तीन सय २९ रन बनाउँदा इङ्ग्ल्याण्डको टोली एक सय ३४ रनमा अलआउट भएको थियो । यसरी भारतले पहिलो पारीको आधारमा एक सय ९५ रनको अग्रता बनाएको थियो ।
दोस्रो पारीमा भारतले अश्विनको सानदार शतकको मदतमा दुई सय ८६ रन बनाउँदा इङ्ग्ल्याण्डले चार सय ८२ रनको विशाल लक्ष्य पाएको थियो ।
दोस्रो टेस्ट भारतले जितेसँगै चार खेलको शृङ्खला एक–एकको बराबरीमा पुगेको छ । पहिलो टेस्ट इङ्ग्ल्याण्डले जितेको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया