

वाणगंगामा जारी महिला भलिवल प्रतियोगितामा भोलि सेमिफाइनल र फाइनल खेलका बीच कडा प्रतिस्पर्धा हुने




कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा जारी प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रतियोगिता अन्तर्गत दोश्रो दिनमा भएको खेलमा विजयी हुँदै होङजी न्यूडायमण्ड, एभरेष्ट बोर्डिङ स्कुल बुटवल, कुवरवर्ती बोर्डिङ स्कुल रातो रुपन्देही र होराइजन फुटवल क्लव बुटवल सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो खेलमा होङजी न्यूडायमण्ड काठमाडौंले एभरेष्ट बोर्डिङ स्कुल बुटवललाई २५–१३, २५–८ र २५–१३ ले पराजित गरेको थियो । दोस्रो खेल कुवरवर्ति बोर्डिङ स्कुल रातो रुपन्देहीले दीप बोर्डिङ स्कुल बुटवल रुपन्देहीलाइ २५–६, २५–११ र २५–९ को सोझो सेटले पराजित ग¥र्यो । यी खेलमा न्यूडायमण्डकी वाल्मिकी आचार्य र दीप बोर्डिङ स्कुलकी पूजा सेन ओमेन अफ दि म्याच भएका थिए ।
त्यस्तै एभरेष्ट मावि रुपन्देहीले हिलवर्ट बोर्डिङ स्कुल कपिलवस्तुलाई २५–१५, २५–१३ र २५–२२ तथा न्यू होराईजन क्लब बुटवलले शान्ता भलिवल क्लब कास्कीलाई २५–७, २५–१७ र २५–१५ सोझो सेटले पराजित गर्दा एभरेष्ट माविकी पनमिका चौधरी र न्यू होराईजन की लक्ष्मी चन्द ओमेन अफ दि म्याच भएका थिए ।
सेमिफाइनलका खेलहरु मंगलबार विहान ८ बजेबाट सुरु हुने छन् । पहिलो खेलमा विहान ८ बजे एभरेष्ट र कुँवरवर्ती रातो तथा दोश्रो खेलमा न्यू डायमण्ड र होराइजनबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै भोलिन नै फाइनल भीडन्त हुने आयोजक हिलवर्ट बोर्डिङ स्कुलका अध्यक्ष दीपक खनालले बताउनु भयो । प्रतियोगितामा दर्शकहरुको पनि बाक्लो उपस्थिति छ ।
बिद्यालयका बालबालिकाहरुको प्रतिभा विकास गरेर खेल प्रति रुचि जगाउने उद्देश्यले आयोजित प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ माध्यमिक विद्यालय टीम सहभागी छन् । त्यस्तै नेपालका चर्चित क्लब पोखराको शान्ता भलिवल क्लब र काठमाडौंको होङसी न्यूडायमन्ड महिला भलिवल क्लब गरि ८ टोली सहभागी छन् ।
राष्ट्रिय महिला भलिवल च्याम्पियन्स विजेताले एक लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले ७० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । आईतवारदेखि भएको प्रतियोगिताको फाईनल खेल मंगलवार हुनेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया