
अन्याय बिरुद्ध टर्च बालेर न्याय खोजे कपिलवस्तुका युवाहरुले


ई–साझाकुरा संवाददाता
न्यायका लागि कपिलवस्तुमा शान्तिपूर्ण ¥याली कार्यक्रम सम्पन्न भएको छ । युथ युनिटि वेलफेयर यसोसियसन कपिलवस्तुको आयोजनामा आज कपिलवस्तुको मुटु मानिने चार नम्बर (जितपुर) चोकमा सो ¥यालीको आयोजना गरिएको हो ।
टर्च बाल्दै न्याय खोज्दै नाम दिइएको सो ¥यालीका लागि कानुनी राज्यमा कानुनको पालना गराऔँ , बलत्कार तथा लैगिंक हिंसा बिरुद्दको अभियानमा प्रतिबद्दता जनाऔँ भन्ने मुल नाराका साथ ¥यालीको आयोजना गरिएको थियो । ¥यालीका सहभागिहरुले कालो कपडा र कपन सहित हातमा टर्च तथा लाल्टिन लिएर उपस्थिती भएका थिए।
देशमा बढीरहेका बालिका बलत्कारका घटनामा राज्यको नजर पुग्न नसकेको जनाउदै युवाहरुको संस्था युथ युनिटिले सो कार्यक्रम आयोजना गरेर न्याय खोजेको युवाहरुले बताएका छन् । करिव ५०० बढी युवायुवती तथा न्यायप्रेमीहरुको उपस्थिती कार्यक्रममा रहेको थियो ।
केहि दिन अगाडी बलात्कार गरेर हत्या गरिएको बैतडीकी भागिरथी भट्टको न्यायमा अझै पनी सरकारको पक्षबाट कुनै आशाको किरण नदेखिएको र यो घटना पनी निर्मला पन्थको जस्तै ओझेलमा पर्न सक्ने भन्दै दवाब स्वरुप शान्तिपुर्ण विरोध ¥यालीको आयोजना गरेको अभियान्ताहरु बताउन्छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया