
प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं
संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने संघर्ष समितिले बताएको छ ।
७ गते सबै वडामा विरोध कार्यक्रम गर्नेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । यस्तै फागुन ८ गते काठमाडौंमा बृहत अन्तर्क्रिया र ९ गते प्रतिगमन, महिला हिंसाको विरोधमा देशभर महिलाहरुको बृहत प्रदर्शन हुने उनले बताए ।
१० गते दलित मोर्चा र ११ गते उत्पीडित समुदायको अगुवाईमा प्रदर्शन हुनेछ भने १४ गते युवा र १५ गते किसान र सुकुम्बासीहरुको अगुवाइमा ¥याली प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ ।
यस्तै चितवन, दाङ, जनकपुर र नेपालगञ्जमा सभा गर्ने निर्णय भएको छ । तर चितवनमा १२ र दाङमा २१ गते सभा हुनेछ भने जनकपुर र नेपालगञ्जको मिति तोक्न बाँकी छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया