

फागुन ३ गते सरकारले गरेको असाधारण विकासबारे जानकारी दिन्छुः ओली



रुपन्देही
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको असाधारण विकासबाट विरोधीहरु डराएर हडबढाएको दाबी गरेका छन् । शनिबार बुटवलमा नेकपा ओली समूहले आयोजना गरेको आमसभामा उनले यस्तो दावी गरेका हुन् ।
उनले फागुन ३ गते आफ्नो नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामको प्रगति विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि उनले बताए । ‘हामीले असाधारण विकास गरेका छौँ, जुन कुरा पर्सी थाह पाउनु हुनेछ’, ओलीको भनाइ छ ।
ओलीले लामो समय प्रचण्डको विरोधमा समय खर्चिँदै उनले जनयुद्धका क्रममा योगदान दिएकाहरुलाई नहेरेको आरोप लगाए । उनले भने, ‘युवाहरुले टाउकोमा कात्रो बोकेर लड्न हिँड्नुस् भनेर उक्साए, अनेक सपना देखाएर सत्तामा पुग्ने भर्याङ मात्रै बनाए । हेर्नुस त अहिले जनयुद्ध लड्नेहरुको अवस्था के छ ?’
उनले पूर्वजनमुक्ति सेनालाई कम्तिमा पनि एक व्यक्ति एक रोजारीको व्यवस्था गर्ने आश्वासन समेत दिन भ्याए । सम्बोधनका क्रममा उनले आफूले प्रतिनिधिसभा संविधानसम्मत रुपमा विघटन समेत गरे । उनले प्रचण्ड–नेपाल समूहको भाषणलाई गाली पुराणको संज्ञा समेत सो क्रममा दिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया