

कपिलधाममा पर्यटकको आकर्षण बढ्दो




राजेन्द्र खनाल, कपिलवस्तु
धार्मिक पर्यटकिय स्थलको रुपमा विकास हुँदै गएको कपिलवस्तुको कपिलधाम क्षेत्र यतिबेला अन्य समय भन्दा बढी व्यस्त देखिने गरेको छ । जाडोयामका बेला हुने वनभोज (पिकनिक) कार्यक्रम अन्यत्र जस्तै कपिलधाममा यस वर्ष उच्च संख्यामा हुने गरेका छन् जसका कारण कपिलधाम क्षेत्र पछिल्लो समय व्यस्त स्थलको रुपमा विकास भएको हो ।
वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाम र लुम्बिनी वाङ्मय प्रतिष्ठानको नजिकै रहेको खुल्ला क्षेत्रमा शुक्रबार वनभोज (पिकनिक) कार्यक्रम आयोजना गर्नेहरुको संख्या उच्च रहेको थियो । कपिल ऋषिको वस्तुस्थितिको अध्यनको क्षेत्रको रुपमा चिनिएको कपिलधाम धार्मिक वन सँगै जडिवुटी उत्पादन र विभिन्न अध्ययन गर्नेहरुका लागि पनि महत्वको क्षेत्रको रुपमा मानिएको छ ।
दैनिक अवलोकनकर्ताहरुको तथ्याङक लिने काम नभए पनि सामान्य दिनमा दैनिक एक सय भन्दा बढीले धामको अवलोकन गर्ने गरेको कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले ई–साझाकुरा सगँ बताउनुभयो । उहाँका अनुसार कपिलधाम अवलोकन गर्न र घुम्नका लागि सार्वजनिक विदाका दिन अत्याधिक चाप हुने गरेको छ । सार्वजनिक विदाका दिन कपिलधाममा ५ सय देखि १ हजार मानिसहरुले अध्ययन अवलोकन तथा घुमफिर गर्ने गरेका छन् ।
यस्तै वनभोज कार्यक्रमका लागि धामले सो स्थल निशुल्क प्रदान गर्ने गरेको अध्यक्ष आचार्यले बताउनुभयो । वाल उद्यान निर्माणका लागि तारबार गरिएको स्थानमा अहिले वनभोजका कार्यक्रम भईरहेको भए पनि धामले त्यस्ता कार्यक्रमका लागि छुट्टै स्थान बनाउने तयारी गरेको छ । अहिले पिकनिक कार्यक्रमका लागि आउने संघ सस्था तथा समुहहरुलाई निशुल्क स्थान उपलब्ध गराउँदा फोहोर व्यवस्थापनमा पनि समस्या भईरहेको आचार्यले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया