भलवाडमा खरको छाना मुक्त अभियान सुरु

भलवाड

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भलवाडमा खरको छानो मुक्त वडा अभियान सुरु भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत खरको छाना मुक्त कार्यक्रम संचालन गरिएको हो ।

चालु आर्थिक बर्ष २०७७ र ७८ को ६ लाख १ हजार ८ सय ४६ रुपैँया बजेट बिनियोजन भएको थियो । जसमध्ये वाणगंगा नगरपालिकाबाट ५ लाख सहयोग र जन श्रमदानको १ लाख रकम सहित आज देखि वडाको पश्चिम जिनुवा स्थित जय श्रीराम टोलका थानेस्वर सुनारको घरमा जस्ता वितरण गरिएको हो ।

वडा न.९ का वडाध्यक्ष धुर्ब बेल्बासेले वडामा अब कुनै पनि घर फुसको छानो नहुने बताउनुभएको छ । वडामा अब फुस्को छानो बिस्थापित हुने पनि उहाँले बताउनुभयो ।

वडा सदस्य नुमलाल थारु ,वडा सचिव सन्तोष कुमार बैठा सहित टोल विकास संस्थाका अध्यक्ष चन्द्रावती थारु लगायतको उपस्थितिमा अभियान सुरु गरिएको हो ।

प्रतिक्रिया

खबर सबै