

ला लिगा : रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियाे

एजेन्सी
स्पेनिस ला लिगामा रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियलले हुएस्कामाथि २–१ को पूनरागमन जित निकालेको हो ।
रियललाई जित दिलाउनको लागि दुवै गोल राफयल भरानले गरे । हुएस्काका लागि जाभी गलानले गरेको गोल सान्त्वना बन्यो ।

४८औं मिनेटमा काउन्टर अट्याकमा सिन्जी ओकाजाकीको पासमा जाभी गलानले गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए ।
५४औं मिनेटमा राफयल भरानले गोल गर्दै रियललाई खेलमा फर्काए । मार्को एसेन्सियोमाथि फल भएपछि प्राप्त फ्रिकिकमा करिम बेन्जेमाल गरेको प्रहार क्रसबारमा लागेर फर्कदा भरानले हेडरमार्फत गोल गरेका थिए ।
८४औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियलाई अग्रता दिलाए । उनले क्यासमिरोको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल रियलले जित्यो ।
यो जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । उसले २१ खेलबाट ४३ अंक जोडेको छ । दुई खेल कम खेलेको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५० अंक रहेको छ । पराजित हुएस्का १६ अंक जोडेर पुछारमा रहेको छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया