

‘डब्ल्यूएचओ’ले नेपाललाई २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउने


विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले नेपाललाई २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउने भएको छ । डब्लूएचओको कोभ्याक्स सुविधाअन्तर्गत उक्त खोप नेपालले प्राप्त गर्ने डब्लूएचओले प्रकाशित गरेको विवरणमा यो उल्लेख गरिएको छ ।
कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप पाउने भएको हो ।
नेपालले उक्त खोपलाई आपतकालीन प्रयोगमा ल्याएको एक सातापछि डब्लूएचओले यस्तो घोषणा गरेको हो । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लूएचओको प्रक्षेपणमा उल्लेख छ ।
नेपालको औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३.३ प्रतिशत अर्थात (१ करोड) लाई पुग्ने जनाइएको छ । नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया