

रुपन्देहीमा बन्द प्रभावः चोक–चोकमा कार्यकर्ता , सेनाले चलायो बख्तरबन्द गाडी



रुपन्देही
बुटवलमा बन्द कडा रुपमा परेको छ । । प्रचण्ड–नेपाल समूहको नेकपाको देशैभर आयोजना गरिएको आम हड्तालको असर बुटवलका मूख्य सडकमा परेको छ ।
बन्दलाई कडाई बनाउन प्रचण्ड–नेपाल समूहका कार्यकर्ता मूख्य–मूख्य चोकमा ठूलो संख्यामा गाडिहरुलाई रोकेर राखेका छन् । यद्यपि, एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु भने रोकिएका छैनन् ।
बुटवलको राजमार्ग चौराहमा केहीबेर अघि कार्यकर्ताले टायर बालेका थिए । पूर्व देखि आएका एक दर्जनभन्दा धेरे ढुवानी तथा सवारीका गाडीहरु लामबद्ध रोकिएका छन् ।
त्यस्तै केहीबेर अघि मात्रै सेनाले बख्तरबन्द गाडीहरुलाई बुटवलका सडकमा घुमाएको छ । पूर्वजानकारी विनै बख्तरबन्द गाडीहरु घुमाएपछि राजमार्ग चौराहमा बन्द गराइरहेका कार्यकर्ताहरु अचम्ममा परेका थिए । सेनाले बख्तरबन्द गाडि देखाएर डराउन खोजेको एक बन्दकर्ताले बताए ।
बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो । यसबारे भने आन्तरिक जानकारी आफूहरुलाई भएको नेपाल प्रहरीका एक जवानले बताए । ‘हामीलाई थाहा थियो ।’ उनले भने–‘आन्तरिक सर्कुलेसन भएको थियो ।’
सेनाले यसबारेमा केही बोलेको छैन ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया