

आज विश्व क्यान्सर दिवस मनाइँदै



काठमाण्डाै
क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्व क्यान्सर दिवस मनाइँदै छ ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् ।अध्ययनहरुकाअनुसार क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ ।
१० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, जाँडरक्सी पिएर र नियमित व्यायामको कमीले हुने रोग र सङ्क्रमणका कारणले क्यान्सर हुने गरेको छ । बाँकी क्यान्सरका कारणहरुमा विकीकरण र विभिन्न संक्रमणहरु पनि रहेका छन् ।
विकासोन्मुख देशहरुमा भने हेपाटाइटिस बी, सी, ह्यूमन प्यापीलोमालगायत भाइरसले पनि क्यान्सर हुने गरेको छ । यस्तै ५ देखि १० प्रतिशतसम्म पुस्तैनी रुपमा आनुवांशिक क्यान्सर हुने गर्छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर र घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने डाक्टरको भनाइ रहेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया