

हत्यामा संलग्न ७ जना अभियुक्त नेपालगञ्जमा पक्राउ


बाँके–
नेपालगञ्ज उपमहानगरपालिका(१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नेपालगञ्ज १८, लग्दहवाका कर्की भन्ने २४ वर्षीय दिनेश कुमार कुर्मि ९बर्मा०, सोही ठाउँ बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका १४ गुमि घर भएका १९ वर्षीय निश्चल गुरूङ, नेपालगञ्ज४ बसपार्क डेरा गरी बस्ने जाजरकोट, जुनिचाँदे गाउँपालिका ७ घर भएका तेज मगर भन्ने २१ वर्षीय तेज बहादुर बिएम, नेपालगञ्ज उपमहानगरपालिका ६, फुलटेक्रा बस्ने १७ वर्षीय किशोर, नेपालगञ्ज ५ बसपार्कका १६ वर्षीय किशोर, नेपालगञ्ज ४, गणेशपुर बस्ने राप्ति सोनारी गाउँपालिका १ कुसुम घर भएका १७ वर्षीय किशोर र नेपालगञ्ज २, घरबारीटोल बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भएका १६ वर्षीय किशोर रहेका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके, नेपालगञ्जमा कार्यरत प्रविण गत माघ २ गते नेपालगञ्ज १८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया