

सुरु भयो तुलसीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम



दाङ ।
दाङको तुलसीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ बाट कार्यक्रम सुरु भएको हो । कार्यक्रमको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका १३ र १४ अकमी जोड्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । वडा १३ वाट एक सय २५ जनाको नाम सूचीकृत भए पनि पहिलो दिन ८६ जना काममा आएका छन् । अहिले आठ मिटर रहेको उक्त सडकलाई १२ मिटर बनाउने गरी काम भइरहेको छ । सोही सडक रोल्पाबाट बिजौरी हुँदै सिमलसोता जोड्ने सडक हो । जुन सडक राजमार्ग जोड्ने दाङको वैकल्पिक मार्गका रुपमा लिइएको छ ।
योसँगै अब तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा यो कार्यक्रम सुरु हुने उपमहानगरपालिका प्रमुख पाण्डेले बताए । उनका अनुसार यस आव ०७७र७८ मा तुलसीपुरबाट ५०४ जनाले रोजगारी पाउने भएका छन् । उनीहरुलाई एक सय दिनको रोजगार प्रदान गर्न लागिएको प्रमुख पाण्डेले बताए ।
“यस वर्ष तुलसीपुरमा करिब २२ सयले रोजगारका लागि फाराम भर्नुभएको थियो,” उनले भने, “तीमध्ये न्यून आय भएका, अत्यन्त गरिब परिवार छनोट गरेर पाँच सय चारजना छनोट गरिएको छ ।”उनीहरुलाई एक सय दिन रोजगार प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका रोजगार संयोजक किरण गौतमले बताए । उनका अनुसार यसपटक उनीहरुको पारिश्रमिक सीधै बैंक खातामा राखिने भएको छ । यस वर्ष संघीय सरकारबाट प्रधानमन्त्री रोजगारका लागि तुलसीपुरमा दुई करोड ५२ लाख रुपैयाँ आएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया