भूमि समस्या समाधान गर्न गठन भयो सहजीकरण समिति

बुटवल ।
भूमि सम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिका भित्रका सबै वडामा सहजीकरण समिति गठन भएका छन् ।

उपमहानगरमा नगरस्तरीय सहजीकरण समिति र १९ वटै वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन । बुटवल उपमहानगरमा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय नै स्थापना गरेर भूमि सम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल सुरु भएको प्रमुख शिवराज सुवेदीले बताए ।

उपमहानगरमा प्रमुख सुवेदीको संयोजकत्वमा नगरस्तरीय सहजीकरण समिति गठन भएको छ । भूमि सम्बन्धी समस्या समाधानका कामलाई व्यवस्थित, निश्पक्ष र वैज्ञानिक ढंगबाट गर्ने र पुर्जा वितरण गर्नेगरि कार्यढाँचा बनाइएको उपमहानगरका प्रमुख तथा नगरस्तरीय सहजीकरण समितिका संयोजक सुवेदीको भनाइ छ ।

आयोगले भूमि नहुनेलाई भूमि तथा आवास दिने र कृषि गर्नेलाई कृषि भूमिसमेत दिने छ। यसको स्पष्ट मापदण्डसमेत बनाइसकिएको भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीको भनाइ छ।

आयोगले अनलाइनमा रहेका मालपोत तथा नापी कार्यालयका सबै विवरणलाई विज्ञहरुद्वारा लगत संकलनसंगै स्रेस्ता अध्यय्न समेत गरिरहेको अध्यक्ष ज्ञवालीले बताए।

प्रतिक्रिया

खबर सबै