

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई : एपीएफ ३३ रनले पराजित



काठमाण्डाै
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबले जितेको छ । आर्मीले एपीएफलाई ३३ रनले हराएर पहिलो पटक उपाधि जितेको हो ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ११ रन बनाएको थियो । जितका लागि २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर तीन बलमा एक सय ७८ रनमा समेटियो । एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय पारी खेले पनि हार टार्न सकेनन् । यस्तै शंकर रानाले २१, सुमित महर्जनले १९ रन, सुवास खकुरेल १४ रनमा आउट भए ।
त्यस्तै एपीएफका कप्तान शरद भेषवाकर शून्य रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३/३ तथा सुशन भारीले १ विकेट लिए । आर्मीको जितमा हरी चौहानले ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोडे । अनिल मण्डल र बिक्रम शोब समान ११/११ रन बनाए ।
एपीएफका अविनास बोहोराले ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया