

ओली समूहको लुम्बिनी प्रदेश अध्यक्षमा लिला गिरी



बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले लुम्बिनी प्रदेश र जिल्लाहरुमा जिम्मेवारी हेरफेर गरेको छ। जस अनुसार लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी चयन भएका छन्। विहिवार बसेको ओली समूहको प्रदेश कमिटीको बैठकले लिला गिरीलाई प्रदेश कमिटीको अध्यक्ष चयन गरेको हो।
उनी लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुन्। पार्टी अलग समुहको रुपमा विभाजन हुनु अघि ओनशरी घर्ती अध्यक्ष थिइन्। उनी प्रचण्ड माधव समुहको अहिले पनि अध्यक्ष छिन्। तर ओली समुहले घर्तिलाई पदबाट हटाएर गिरिलाई अध्यक्ष तोकेको दाबी गरेको छ।
ओली समुहको बैठकले जिल्ला तहमा पनि जिम्मेवारी तोकेको छ। रुपन्देहीमा शिव सुवेदी संयोजक, तेजेन्द्र केशी सहसंयोजक र अनुप बराललाई सचिवको जिम्मेवारी दिएको छ।
यस्तै कपिलवस्तुमा झबिलाल पोखरेल संयोजक, डम्बर शर्मा सह संयोजक र धर्म भुषाल सचिव तोकिएका छन्। दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक, सचिवमा मनेहर बुढाथोकी रहेका छन्। बाँकेमा संयोजकमा सुर्य ढकाल, सहसंयोजकमा किष्ण कक्षपति र सचिवमा प्रमोध धिताललाई तोकिएको छ।
त्यस्तै बर्दियामा लाल बहादुर श्रेष्ठ संयोजक, शालिकराम अधिकारी सहसंयोजक र पदम ढकाललाई सचिवको जिम्मेवारी दिइएको छ। । गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक बालसिंह काउचा र सचिवमा धर्म बहादुर विकलाई तोकिएको छ भने अर्घाखांचीमा चेतनारायण आचार्यलाई संयोजक र तोज बहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिईएको छ।
पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य, सचिवमा ओमबहादुर घर्ति र नवलपरासी पश्चिममा संयोजकमा दिपेन्द्र अधिकारीलाई चयन गरिएको छ। प्युठानमा तुल्सीराम शर्मालाई संयोजक तोकेको छ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया