
प्रश्न– रुख काटिदिने अनि फूल फूलेको खै भन्ने ? इजलासमा रामनारायण बिडारी

काठमाडौं
राष्ट्रियसभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानमा प्रतिनिधिसभाको आयु ५ वर्ष भनिएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसअघि नै ताजा जनादेश किन चाहियो भन्ने प्रश्न गरेका छन् ।
उनले संविधानमा लेखेको कुरा नमान्नेले अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्न नमिल्ने पनि बताएका छन् । संविधानअनुसार प्रधानमन्त्री दिन नसक्ने प्रतिनिधिसभामात्र विघटन हुने उनले दावी गरे ।
प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा जारी सुनुवाईका क्रममा शुक्रबार बहस गर्दै उनले यस्तो तर्क गरेका हुन् । उनले भने, ‘आफ्नो देशको सर्वोच्च संविधान नमान्ने अनि अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्ने ?’
संविधानका सबै धारा समान रहेको भन्दै उनले कुनै पनि धारा देखाउनका लागिमात्र नराखिएको जिकिर गरे । उनले भने, ‘सबै धाराका विशेषशता आ–आफ्नै छन् ।’
उनले आफ्नै देशको संविधानको ब्याख्या गर्नु पर्ने प्रस्ट पार्दै अर्काको देशको संविधानको ब्याख्या गरेर नहुने उल्लेख गरे । ‘भारतको संविधान हेरेर नेपालको संसद विघटन गर्ने ?’ उनले भने, ‘हाम्रो संविधान अरुको भन्दा फरक छ ।’ नेपालको शान्ति प्रक्रिया पृथक रहेको र नेपाली जनताले गरेको संघर्षका आधारमा गणतन्त्र स्थापना भएको भन्दै उनले अरु देशसँग नेपालको तुलना गरेरमात्र नहुने प्रस्ट पारे ।
उनले प्रश्न गरे, ‘संसदमा सपथ खाएको मान्छेले संविधान नमान्ने ?’
केपी ओलीलाई अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पार्टीले बनाएको जिकिर गर्दै उनले ती प्रक्रियाहरु संविधान अनुसार नै गरिएकाले अहिले प्रधानमन्त्रीले ‘संविधान मान्दिनँ’ भन्न नमिल्ने उनको तर्क थियो ।
ओलीप्रति लक्षित गर्दै बिडारीले भने, ‘इजलासले राज्यविरुद्धको अपराध गर्नेका विरुद्ध केही न केही बोल्नु प¥यो ।’ नेकपाको सांसद यति छ, उति छ भनेर इजलासमा क्यालकुलेसन गरेर नहुने उनले बताए । ‘संसदमै गनिन्छ, रुख काटिदिने अनि फूल फूलेको खै ? फल लागेको खै भनेर हुन्छ ?’ बिडारीले प्रश्न गरे ।
प्रधानमन्त्रीले ताजा जनादेश चाहिएको दलिल गरेकोमा समेत उनले प्रश्न गरे । ‘किन चाहियो जनादेश ? ५ वर्ष संविधानमा लेखेकै छ, प्रधानमन्त्रीको हुकुमे शासन हेर्ने कि संविधान हेर्ने इजलासले ?’ उनको प्रश्न थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया