

नेता भुसालले भने ओलीमा राणा र राजाको प्रेत उत्रेको छ




बुटवल
प्रचण्ड–नेपाल पक्षीय नेकपाको बुटवलमा भइरहेको विरोध सभामा बोल्दै नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीमा ‘निरङ्कुशताको प्रेत उत्रेको’ बताएका छन् ।
राणा र राजाहरुकै शैलिमा ओली अगाडि आएको भन्दै नेता भुसालले भने–‘निरङ्कुशताको प्रेत बेलाबेला उकल्चिन्छ । आज फेरि निरङ्कुशताको प्रेत उकल्चेको छ ।’
आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ले नै चुनौती खडा गर्नुले उनमा राणा तथा राजाहरुको प्रेत उत्रेको उनको भनाइ थियो । अगाडि उनले भने–‘ओलीको बाटो संम्विधानको हत्या, अस्थिरता, अशान्ति, बर्बादी, जनताको सत्यनास नै हो । ओलीले यी कर्तुत लुकाउन, जनताको ध्यान मोड्न सारा षड्यन्त्र रचेका छन् । त्यसका विरुद्ध नेपाल खडा भएको छ ।’
उनले थपे–‘हामीले चुनेको व्यक्ति तिम्रो जीवन केही होइन, संविधानमा लेखेको केही होइन, स्वतन्त्रता केही होइन, जे हो म नै हो भन्दै जव अगाडी आउनुभयो, त्यतीखेर हामीले उठ्नुपर्ने भयो, हामी जीवनको अर्थ खोज्न अगाडी आएका छौं ।’
‘ओली जन्मने परिस्थिती कसरी निर्माण भयो’ भन्ने कुरामाथि विमर्श गर्दै फेरि अर्को ओली नजन्मिने बाटो सुनिश्चित गर्नुपर्ने बताए ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया