

ओलीपक्षको पकड भनिएको बुटवलमा प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन (फोटोफिचर)



बुटवल
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजन नभएपनि दुई पार्टीजसरी कार्यक्रम गर्दै आएको नेकपाको विरोधी खेमा पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले देशभर विरोधका कार्यक्रमहरु गर्दै आएको छ।
चरणवद्ध कार्यक्रमअन्तरगत दाहाल-नेपाल समूहले बुटवलमा विरोधको कार्यक्रम राखेपछि कार्यक्रममा हुने उपस्थितिबारे चर्चा हुँदै आएको थियो।
जसको दबाब पनि सो समूहमाथि थियो। जसकारण पनि नेकपाका दोश्रो तहका नेताहरु वर्षमान पुन, युवराज ज्ञवाली, घनश्याम भुसाल, चक्रपाणि खनाल बलदेव, ओनसरी घर्ती नै जनसहभागिता जुटाउन कस्सिएका थिए।

नेकपाकै ओलीको पक्षका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायतका पार्टीमा प्रभाव राख्ने व्यक्तिहरुको समेत दबदबा रहेकाले सहभागिता जुटाउन कसरत गर्नुपर्ने देखिन्थ्यो।
तर, केन्द्रीय अध्यक्षहरु र शीर्ष तहका नेताहरु नै कार्यक्रममा आउने भएकाले सो दबाबलाई चिर्दै नेताहरुले विपक्षीले अनुमान गरेको भन्दा धेरै सहभागिता जुटाउनुपर्ने बाध्यता थियो दोश्रो तहका नेताहरुलाई।
बुटवलको अस्पताललाईनस्थित लुम्बिनी प्रादेशिक अस्पतालको खुला भागमा आयोजित सभामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको सहभागिता रहेको संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए।
.jpg?resize=640%2C480&ssl=1)
उनका अनुसार विपक्षीले अपेक्षा गरेभन्दा धेरै जनसहभागिता हो। यसबारे अध्यक्षद्वय प्रचण्ड र नेपालले पनि चर्चा गरे। दुवै नेताले बुटवलबाटै अरु आन्दोलनहरुको नेतृत्व भएको भन्दै यो आन्दोलनको शुरुवात भएको बताए।
‘बुटवलमा राजतन्त्र हटाउन र त्यसअघिदेखि नै ठूला ठूला परिवर्तनहरुमा उल्लेख्य सहभागिता हुने गरेको छ, अध्यक्ष नेपालले भने-यो जनसहभागिताले अब केपी ओलीलाई सरकारबाट बाहिर निकाल्छ र जनताको जित हुन्छ।’
अर्का अध्यक्ष प्रचण्डले राणाकालदेखि नै बुटवलले परिवर्तनका पक्षमा आवाज उठाएको र सफल भएको उल्लेख गर्दै बुटवलको सहभागिताको चर्चा गर्दैं भने-यो तपाइँहरुको सहभागिताले जनताको आन्दोलन र आवाजलाई अरु बलियो बनाएको छ, प्रतिगमनलाई हामीले पराजित गरेरै छाड्छौं।’
.jpg?resize=640%2C360&ssl=1)
.jpg?resize=640%2C360&ssl=1)
.jpg?resize=640%2C480&ssl=1)
.jpg?resize=640%2C480&ssl=1)
.jpg?resize=640%2C480&ssl=1)
.jpg?resize=640%2C480&ssl=1)
.jpg?resize=640%2C480&ssl=1)
.jpg?resize=640%2C360&ssl=1)
तस्विरहरु : लुम्बिनी टाइम्स


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया