

प्रधानमन्त्री कप क्रिकेट : वाग्मतीलाई हराउँदै आर्मी फाइनलमा पुग्यो



काठमाण्डौ । वाग्मती प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा बिहीवार वाग्मतीलाई ९४ रनले हराउँदै आर्मी उपाधि नजिकै पुगेको हो ।
आर्मीले जितका लागि दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले ४० ओभर २ बलमा अलआउट हुँदै एक सय ३५ रनमात्रै बनाउन सक्यो । वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन जोडे पनि जितका लागि पर्याप्त भएन । आर्मीका जितेन्द्र मुखियाले चार तथा विक्रम सोब र सुसन भारीले तीनरतीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा दुई सय २९ रन बनाएको थियो । उसका लागि राजेश पुलामीले सबैभन्दा धेरै ६५ रन बनाए । वाग्मतीका लागि गौतम केसी एक्लैले पाँच विकेट लिए ।
अब उपाधिका लागि आर्मी र एपीएफले शनिबार खेल्नेछन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया