

ओलीको निरंकुशता केही महिनामै ध्वस्त हुन्छ : प्रचण्ड



बुटवल
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् ।
ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै प्रचण्डले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने बताए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहले बुटवलमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले घुमाउरो भाषामा अदालतले नगरे जनताको अदालतले गर्ने बताए ।
‘ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुने छ, केही महिनाभित्र’ प्रचण्डले भने, ‘संसद पुनर्स्थापना हुन्छ, अदालतप्रति विश्वास छ, तर सबभन्दा ठूलो अदालत जनता हो ।’
ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाए । दुई वर्षभित्र आफ्नो पार्टी सरकारमा जाने र नयाँ नेपालको जग बसाल्ने प्रचण्डले बताए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया