

केपी ओलीको निरंकुश प्रवृत्तिलाई इतिहासले हुत्याइदिनेछ: नेपाल



बुटवल
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमबाट गरेको प्रतिनिधि सभाको विघटनविरुद्ध बुटवलमा आयोजना गरिएको विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षीय नेकपाका अध्यक्ष माधव कुमार नेपालले ओलीको निरंकुश प्रवृत्तीलाई इतिहासले ‘हुत्याइदिने’ बताएका छन् ।
आज बुटवलमा बोल्दै उनले भने–‘ ओलीमा निरंकुश प्रवृत्ती हावी छ । तानाशाही प्रवृत्ती हावी छ । त्यस्ता प्रवृत्ती भएका व्यक्ति सम्मानका पात्र हुनै सक्दैनन् । त्यस्ता प्रवृत्तीलाई अव इतिहासले हुत्याएर फाल्ने समय सरु भएको छ ।’
नेता नेपालले प्रधानमन्त्री ओलीले नेपाली जनताको भावना र चाहाना नबुझेका कारण समयको प्रभावसँग हिड्न नसकेको पनि आरोप लगाएका छन् । ओलीप्रति लक्षित गर्दै उनले भने–‘उहाँले नेपाली जनताको भावना बुझ्नु भएको छैन । नेपाली जनताको चाहाना बुझ्नु भएको छैन । समयको प्रवाह बुझ्न सक्नुभएको छैन । समयको गति बुझ्न सक्नुभएको छैन । उहाँ समयको पछिपछि लतारिने मान्छे हो । समयलाई अगुवाई गर्न सक्ने त्यो खुवी, क्षमता केपी ओलीमा छैन । यो सबैकुरा हामीले अनुभवबाट प्राप्त गरेका छौं ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कुनैपनि न्यायपूर्ण आन्दोलनको अगुवाई नगरेको दावी गर्दै उनले ‘बरु अरुको कुरा काट्ने बानी’ रहेको बताए । ‘केपी ओलीले कुनै आन्दोलनको अगुवाई गर्नुभएको छैन । न्यायपूर्ण आन्दोलनको अगुवाई गर्नुभएको छैन ।’ उनले भने–‘जहिलेपनि पछाडी बसेर कुरो काट्ने उहाँको बानी छ । जहिले पनि उहाँ पछाडि बसेर अरुको बद्ख्वाईँ गर्ने बानी छ ।’
उनले अघि थपे–‘त्यसैले उहाँ भन्नुहुन्छ मेरो खुट्टा तान्यो । हामीले त हात समातेर अगाडि बढाउँन चाहन्छौं, उहाँ थुचुक्क बस्नुहुन्छ, अगाडि बढ्नै चाहनुहुन्न ।’
यसअघि नेपाल माधव नेपालले ‘गणतन्त्र आउँदैन’ भन्ने केपी ओलीको भविष्यवाणाी २०६२÷६३ को आन्दोलनमा असफल भएजस्तै बैशाखमा हुने भनिएको चनावको भविष्यवाणी पनि असफल नै हुने दाबी गरे ।
यसमा थप्दै उनले निर्वाचन आयोगको ४ सय ४१ सदस्यीय नेकपामात्रै बैधानिक रहेको भन्ने निर्णय निर्वाचन आयोगको निर्णयले आफ्नो पक्षको पार्टी नै मुख्य पार्टी बनाएको दावी गरे । उनले केपी ओलीलाई सदस्यतासमेत नरहने गरी निश्काशन गर्न लागिएको समेत बताए । उनले भने–‘निर्वाचन आयोगले ४४१ को बहुमत जहाँ छ त्यो मुल पार्टी हो भनेको छ । त्यसैले हामी नै मुल पार्टी हौं । ओलीालई स्पष्टिकरण सोधेर साधारण सदस्यताबाट पनि निकाल्ने अन्तिम चरणमा पुगेका छौं ।’


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया