

केपी ओलीको निरंकुश प्रवृत्तिलाई इतिहासले हुत्याइदिनेछ: नेपाल




बुटवल
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमबाट गरेको प्रतिनिधि सभाको विघटनविरुद्ध बुटवलमा आयोजना गरिएको विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षीय नेकपाका अध्यक्ष माधव कुमार नेपालले ओलीको निरंकुश प्रवृत्तीलाई इतिहासले ‘हुत्याइदिने’ बताएका छन् ।
आज बुटवलमा बोल्दै उनले भने–‘ ओलीमा निरंकुश प्रवृत्ती हावी छ । तानाशाही प्रवृत्ती हावी छ । त्यस्ता प्रवृत्ती भएका व्यक्ति सम्मानका पात्र हुनै सक्दैनन् । त्यस्ता प्रवृत्तीलाई अव इतिहासले हुत्याएर फाल्ने समय सरु भएको छ ।’
नेता नेपालले प्रधानमन्त्री ओलीले नेपाली जनताको भावना र चाहाना नबुझेका कारण समयको प्रभावसँग हिड्न नसकेको पनि आरोप लगाएका छन् । ओलीप्रति लक्षित गर्दै उनले भने–‘उहाँले नेपाली जनताको भावना बुझ्नु भएको छैन । नेपाली जनताको चाहाना बुझ्नु भएको छैन । समयको प्रवाह बुझ्न सक्नुभएको छैन । समयको गति बुझ्न सक्नुभएको छैन । उहाँ समयको पछिपछि लतारिने मान्छे हो । समयलाई अगुवाई गर्न सक्ने त्यो खुवी, क्षमता केपी ओलीमा छैन । यो सबैकुरा हामीले अनुभवबाट प्राप्त गरेका छौं ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कुनैपनि न्यायपूर्ण आन्दोलनको अगुवाई नगरेको दावी गर्दै उनले ‘बरु अरुको कुरा काट्ने बानी’ रहेको बताए । ‘केपी ओलीले कुनै आन्दोलनको अगुवाई गर्नुभएको छैन । न्यायपूर्ण आन्दोलनको अगुवाई गर्नुभएको छैन ।’ उनले भने–‘जहिलेपनि पछाडी बसेर कुरो काट्ने उहाँको बानी छ । जहिले पनि उहाँ पछाडि बसेर अरुको बद्ख्वाईँ गर्ने बानी छ ।’
उनले अघि थपे–‘त्यसैले उहाँ भन्नुहुन्छ मेरो खुट्टा तान्यो । हामीले त हात समातेर अगाडि बढाउँन चाहन्छौं, उहाँ थुचुक्क बस्नुहुन्छ, अगाडि बढ्नै चाहनुहुन्न ।’
यसअघि नेपाल माधव नेपालले ‘गणतन्त्र आउँदैन’ भन्ने केपी ओलीको भविष्यवाणाी २०६२÷६३ को आन्दोलनमा असफल भएजस्तै बैशाखमा हुने भनिएको चनावको भविष्यवाणी पनि असफल नै हुने दाबी गरे ।
यसमा थप्दै उनले निर्वाचन आयोगको ४ सय ४१ सदस्यीय नेकपामात्रै बैधानिक रहेको भन्ने निर्णय निर्वाचन आयोगको निर्णयले आफ्नो पक्षको पार्टी नै मुख्य पार्टी बनाएको दावी गरे । उनले केपी ओलीलाई सदस्यतासमेत नरहने गरी निश्काशन गर्न लागिएको समेत बताए । उनले भने–‘निर्वाचन आयोगले ४४१ को बहुमत जहाँ छ त्यो मुल पार्टी हो भनेको छ । त्यसैले हामी नै मुल पार्टी हौं । ओलीालई स्पष्टिकरण सोधेर साधारण सदस्यताबाट पनि निकाल्ने अन्तिम चरणमा पुगेका छौं ।’


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया