

भारतमा कोरोना निर्देशिकाको म्याद थपियो


काठमाण्डौ ।
भारतमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरि लम्ब्याइएको छ ।
भारतीय केन्द्रीय सरकारले निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा एक महिना थपिएको घोषणा गरेको हो ।
हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर साबुन पानीले हात धुनुपर्नेलगायत नियम कडाइकासाथ पालना गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।
यसअघि यो निर्देशिका यही जनवरीको अन्त्यसम्मका लागि लागू गर्ने निर्णय भएकामा अहिले लम्ब्याएर आउँदो फेब्रुअरी २८ तारिखसम्म लागू गर्ने निर्णय भएको हो ।
भारतमा पछिल्ला केही महिनादेखि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै गए पनि सरकारले निर्देशिकालाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका र नयाँ थपिने सङ्क्रमितहरूको सङ्ख्यामा पहिलाभन्दा धेरै कमी आएको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ७६ हजार ४९८ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५३ हजार ७२४ जनाको ज्यान गएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया