कपिलवस्तु जेसिज वर्ष २०२१ का लागि अध्यक्षमा भट्टराई

नवराज बेल्वासे

कपिलवस्तु जेसिजको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । माघ १२ गते नै साधारण सभा सम्पन्न भएको थियो भने नयाँ नेतृत्वका लागि आज अधिवेशन पनि सम्पन्न भएको छ ।

अधिवेशनले जेसिज वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गरेको छ । २०२१ को अध्यक्ष भिमकान्त भट्टराई सर्वसम्मत चयन भएका छन् भने कार्यकारिणी उपाध्यक्षमा प्रविण पौडेल र शुसिल खत्री चयन भएका छन् । उपाध्यक्षमा अशोक पौडेल, कमल घिमिरे, मदन पौडेल, र मिन बहादुर थापा सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त तथा कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष पोष्टराज गौतलले जनाएका छन् ।

अधिवेशन कपिलवस्तु जेसिजको आफ्नै भवन बाणगंगा नगरपालिका वडा न. १ बैरीयामा सम्पन्न भएको थियो ।
साधारण सभा तथा अधिवेशन सफल पार्न सहयोग गरेकोमा निबर्तमान अध्यक्ष मनोज कुमार खत्रीले सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

खबर सबै