

सन्दीप आबद्ध होबार्ट समूह चरणबाटै बाहिरियो : बिग बास लिग




खेल
नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्स अस्ट्रेलियाको बिग बास लिगको समूह चरणबाटै बाहिरिएको छ। मंगलबार मेलवर्न रेनेगेड्सविरुद्धको भएको महत्वपूर्ण खेलमा ११ रनले पराजित भएसँगै होबार्ट प्लेअफमा पुग्न असफल भयो।
जित निकालेको भए मात्र होबार्टले प्लेअफमा स्थान बनाउने थियो। सिजनका सबै खेलेको होबार्ट १४ खेलबाट २८ अंक जोडेर छैटौं स्थानमा छ। उसले ७ खेलमा जित र ७ खेलमा हार बेहोर्यो।
मंगलबार मेलवर्नले दिएको १५१ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो। होबार्टका लागि डेभिड मालनले सबैभन्दा बढी ३४ रन जोडे।
बलिङमा मेलवर्नका जाक इभान्सले ५ विकेट लिए। त्यसअघि मेलवर्नले २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन जोडेको थियो।
मेलवर्नका लागि वेभस्टरले नटआउट ५४ रन जोडे। उनले ३५ बलमा ४ चौका र १ छक्का हिर्काए। बलिङमा होबार्टका रेली मेरेडिथले ३ विकेट लिए। नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने विकेटविहीन बने।
होबार्टका लागि सिजनमा सन्दीपले पछिल्ला ८ खेल खेल्दै ८ विकेट लिए। जसमा सन्दीप तीन खेलमा विकेटविहीन बने।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया