

ओलीको नौटंकीले चुनाव नहुने निश्चित छ : घनश्याम भुसाल


भैरहवा
नेकपा प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले निर्वाचनमा दुई तिहाई भोट ल्याउने प्रधानमन्त्रीको दाबी प्रहसन मात्र भएको बताउनुभएको छ ।
सोमबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लवले आयोजना गरेको पत्रकार भेटघाटमा नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको नौटंकीले चुनाव नहुने निश्चित भएको दाबी गर्नुभयो । उहाँले संविधान च्यातेर, लोकतन्त्र घाइते र असफल पारेर निर्वाचन हुनै नसक्ने बताउनुभयो ।
भुसालले अहिले सर्वोच्च अदालतमा भइरहेको बहस, संविधान निर्माण गर्दाका तथ्य प्रमाणले पनि संसद जिवितै छ भन्ने पुष्टि भएको बताउँदै ढिलोमा तीन महिनाभित्रै संसद बैठक बस्ने दावी गर्नुभयो । उहाँले संविधाको मर्म र भावनामाथि प्रहार गरेर लोकतन्त्र बलियो नहुने जनाउनुभयो । नेता भुसालले निर्वाचन आयोगले पार्टी विवादसम्बन्धी कुनै पनि निर्णय गर्न नसक्नु उसको कमजोरी भएको बताउँदै आयोगले निर्णय गर्न नसक्नुको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो ।
उहाँले बहुमत केन्द्रिय सदस्य भएको प्रचण्ड–नेपाल समूहको नेकपा नै आधिकारिक भएको दावी गर्नुभयो । उहाँले आयोगले नेकपाको केन्द्रिय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टी गर्नुले नै आफूहरु आधिकारिक भएको प्रष्ट भएको जनाउनुभयो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया