स्पेनिस ला लिगामा रियल म्याड्रिडको सहज जित

एजेन्सि ।

रियल म्याड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ४–१ को सहज जित निकालेको छ ।

एलाभेसको मैदानमा शनिबार राति भएको खेलमा रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा क्यासमिरो र इडेन हाजार्डले समान एक गोल थपे ।

यस नतिजासँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी ४ मा झारेको छ । रियलको १९ खेलबाट ४० अंक पुगेको छ । दुई खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ ।

रियलले एलाभेसविरुद्ध प्रशिक्षक जिनेदिन जिदानसँगै कप्तान सर्जियो रामोस, नाचो फर्नान्डेज, ड्यानी कार्भाजल, फेडरिको भाल्भेर्डे, रोड्रिगो र मार्टिन ओडेगार्ड विनै सानदार जित हात पारेको हो ।

 

प्रतिक्रिया

खबर सबै