

कपिलधामको बाँझो जमिन खेतियोग्य बन्दै



राजेन्द्र खनाल, कपिलवस्तु ।

कपिलवस्वतुको वाणगंगा नगरपालिका स्थित धार्मिक पर्यटकिय स्थल कपिलधाममा तरकारी खेतीलाई समेत जोड दिइएको छ । धाम भित्रको बाझोँ जमिनलाई खेतियोग्य जमिनका परिणत गरी अहिले तरकारी उत्पादन गरिएको छ ।
धाम भित्र अहिले टमाटर, बन्दा गोबी, खुर्सानी लगाएतका तराकारी लटरम्म फलेका छन भने बेसार खेतीलाई पनि प्राथामिकता दिइएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले बताउनुभयो । तरकारी खेतीका लागि एक जना कर्मचारी नै राखेर धाम भित्रको बाँझो जमिनलाई खेतियोग्य जमिनको रुपमा प्रयोग गर्न खोजिएको उहाँले बताउनुभयो ।

अहिले टमाटर र खुर्सानी लटरम्म फलेको भए पनि जंगली जनावरबाट बचाउँन नसक्दा सोचे अनुरुप उत्पादन दिन नसकिएको उहाँले बताउनुभयो । यस्तै नगदेवाली अन्र्तगत तोरी र गहुँ खेती पनि धाममा गरिएको छ । अहिले तोरी पाकेर स्याहार्ने काम भईरहेको छ तर वन्यजन्तुको प्रवेश र अन्य विभिन्न कारले सोचे अनुसार उत्पादन र प्रतिफल भने हुन सकेको छैन । यद्यपी धामको खाली जमिनलाई सदुपयोग गर्ने गरी थालिएको तरकारी खेतीलाई व्यवस्थित र बैज्ञानिक बनाउन सके धामको आम्दानीको स्रोत पनि बढाउन सकिने अध्यक्ष आचार्यले बताउनुभयो ।

धामको सुन्दरीकरणका लागि पनि धेरै कामहरु भईरहेको भन्दै धामका अध्यक्ष आचर्याले आन्तरिक पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्न अझ धेरै कामहरु गर्न बाकीँ रहेको उहाँले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया