

जुट्न थाल्यो भलवाडका सागर थारुको उपचारमा सहयोग



भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका सागर थारुको रकम अभावका कारण उपचार हुन नसके पछि सहयोगका लागि अपिल गरिएको छ ।
टाउकोमा पानी जमेका कारण युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियु बेडमा उपचाररत वाणगंगा ९ जिनुवाका २६ वर्षीय थारुको उपचारमा रकम अभाव भए पछि परिवारले सहयोगका लागि आग्रह गरेका छन् । परिवारको आग्रह पछि उनको उपचारका लागि सहयोग रकम समेत जुट्न थालेको छ ।
माघ ३ गतेदेखि पैसा अभावका कारण मृत्युुसँग अचेत अवस्थामा लडिरहेका थारुको उपचारमा सहयोग होस भन्दै संचारकर्मी बाबुराम रायमाझि सहित विभिन्न संचार माध्यमले समाचार प्रकाशन र प्रसारण गरे सँगै रकम जुट्न थालेको छ ।
टाउकोमा पानी जमेको र शल्यक्रिया गर्दा २ लाख रुपैँया खर्च हुने अस्पतालले भने पछि परिवारले सो पैसा जुटाउन नसक्दा समस्या परेको थियो । समाचारको प्रभावले रुपन्देही बुटवल स्थित मेचिकाली रास्ट्रिय दैनिकका प्रधान सम्पादक बसन्तराज खनालले रु. १० हजार रुपैँया रायमाझी मार्फत सहयोग प्रदान गरनु भएको छ भने भलवाड स्वास्थ चौकीका स्टाफहरु समेतको गरि रु ५ हजार स्वस्थ चौकी प्रमुख जित बिकास रायमाझीले बिरामीको परिबारलाई प्रदान गर्नु भएको छ ।
त्यस्तै अन्य क्षेत्रबाट पनि सहयोगका लागि रायमाझीले आग्रह पनि गर्नुभएको छ । रकम अभावकै कारण कसैको पनि ज्यान नजावस भन्नका लागि सहयोग रकम जुटाउन लागिएको पनि उहाँले बताउनुभयो ।
आफ्नो छोराको ज्यान बचाईदिन सागर थारुका परिवारजनले सबैसँग आग्रह पनि गरेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया