अर्घाखाँचीको धारापानीमा बन्यो ५ बेडको अस्थायी कोरोना अस्पताल

अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको वडा नं. ४ धारापानीमा पहिलो पटक कोभिड १९, अस्थायी अस्पतालको उद्घाटन भएको छ ।
शुक्रवार धारापानीमा ५ बेडको अस्थायी कोरोना अस्पतालको उद्घाटन गरिएको हो । बर्थिङ्ग सेन्टरका लागि निर्माण भएको भवनलाई कोभिड १९, अस्थायी अस्पतालका रुपमा प्रयोगमा ल्याईएको छ ।

अस्पतालको उद्घाटन गर्दै नगरप्रमुख रेशम थापाले कोभिड १९ बाट संक्रमण भएर आत्तिन नपर्ने बताउनु भयो । उक्त अस्पतालबाट एमबिबिएस डाक्टर सहितको टोलीले सेवा दिने मेयर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख खडानन्द बेल्वासेले पालिकाभित्र कोरोना पोजेटिभका विरामीले उपचार गर्न बाहिर जान नपर्ने बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै