कपिलवस्तुमा एक्कासी गयो बिजुली : यस्तो छ कारण !

कपिलवस्तु ।

बुधबार अपरान्ह् कपिलवस्तुका विभिन्न क्षेत्रमा विना सूचना विद्युत लाईन काटिदा नागरिकहरु अन्यौलमा परेका छन् ।

लोडसेडिङ वा अन्य कुनै कारणले विद्युत अवरुद्ध भएको बारे प्राधिकरणले कुनै जानकारी नदिदा नागरिकहरु अन्यौलमा परेका हुन ।
उता विद्युत प्राधिकरण जितपुर शाखाका अनुसार कपिलवस्तुको इमिलियामा रुख ढलेका कारण विद्युत तार चुडिदा लाईन अवरुद्ध भएको छ । यद्यापी राति अबेर सम्म पनि विद्युत मर्मत कार्य भईरहेको प्राधिकरणका जितपुर शाखा प्रमूख ओम विक्रम थापाले जानकारी दिनुभयो ।
सडक छेउँको रुख काट्ने क्रममा विद्युत पोलमा जडित तार चुडिएका कारण लाईन अवरुद्ध भएको उहाँले बताउनुभयो । राती करिब १० बजे सम्म विद्युत लाईन सुचारु हुने सम्भावना रहेको उहाँको भनाई रहेको छ । यद्यपी यो समाचार तयार पार्दा सम्म विद्युत मर्मतको काम भईरहेको प्रमूख थापाले बताउनुभएको छ ।

प्रतिक्रिया

खबर सबै