

विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना


काठ्माण्डौँ ।
कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको दावी गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको नयाँ स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । संगठनका अनुसार पछिल्लो एक सातामा मात्र कोरोना संक्रमणबाट करिब ९३ हजार जनाको ज्यान गएको छ ।
तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख सङ्क्रमित थपिएका छन् । पछिल्लो समय युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया