

सन्धिखर्क नगरपालीकाको कामकाज एक साताका लागि बन्द


अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल सहित अन्य कर्मचारीलाई कोरोना पुष्टि भएपछि (आज) मंगलबार देखि माग १२ गते सोमबार सम्म नगरको कामकाज बन्द गरिएको छ ।
नगरप्रमुख सहित कर्मचारीमा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिन नदिन भन्दै एकसाताका लागि कार्यालयको कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत युगलनारायण बसेलद्दारा जारी सुचनापत्रमा उल्लेख गरिएको छ ।

बिगत केही दिन देखि स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय निरिक्षक गणेशराज पौडेलले जानकारी दिए ।
जनताको सेवामा निरन्तर खट्ने भुसाल परिवारमा पछिल्लो पटक कोरोना पोजेटिभ देखिएको हो। एक साता अघि पिसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब परिक्षणका पठाईएको थियो । भुसालको छोरी पनि कोरोना सक्रमित छिन् ।भुसालको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ ।
जिल्लामा अहिले सम्म कोरोना सक्रमितको संख्या ८ सय ४६ जना पुगेको छ भने जस मध्ये ८ सय ४ जना निको भैसकेका छन् । जिल्लामा सक्रिय सक्रमितको संख्या ३० जना रहेको छ । अहिले सम्म १२ जनाको मृत्यु भैसकेको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया