

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको पहिलो जित


काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत आज मंगलबारको खेलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ।
समूह बीको खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले हराएको हो।
टस जितेर ब्याटिङ राजेको लुम्बिनीले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा २५७ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको प्रदेश २ ले ४२।३ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १८० रनमा समेटिएपछि खेल लुम्बिनीले जितेको हो।
लुम्बिनीको जितका लागि सन्दिप रजालीले ८३ रनको अर्धशतकीय पारी खेले। उनले १०७ बलमा ११ चौकासमेत प्रहार गरे।
त्यस्तै, सौरव खनालले ५६ रनको पारी खेलेल भने विक्रम भुषालले ३६ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
प्रदेश दुईका हरिशंकर शाहले तीन विकेट गिराए भने दिब्यांशु मल्लिकलले दुई विकेट गिराए। त्यस्तै, एक विकेट लिनेमा सैफुल्लान अन्सारी, कुमार थापा र विशाल सुस्लिङले १–१ विकेट लिए।
जवाफी ब्याटिङमा आएको प्रदेश दुईका सुधिर चौधरीले ४२ रन बनाए भने हरिशंकर शाहले २२ रन बनाए।
त्यस्तै, महबुब आलमले ३१ रन बनाए भने विवेक यादवले ५१ रनको अर्धसतकिय पारी खेले।
यता लुम्बिनीका लागि अनिल खरेलले चार विकेट गिराए भने विक्रम भुषाल र दिपेन्द्र रावतले २–२ विकेट लिए। १–१ विकेट लिनेमा कृष्ण कार्की र अमित तामाङ रहे।
जितसँगै लुम्बिनीले दुई अंक जोडेर समूहको दोस्रो स्थानमा छ। सोही समूहको यसअघि सम्पन्न खेलमा बाग्मतिले नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई हराएर शीर्षस्थानमा छ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया