

प्रधानमन्त्री कप : बागमती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ खेल्दै


काठमाडौं ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुदैछ ।
समूह क मा रहेका बागमती र सुदूरपश्चिम बीचको खेल कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय मैदानमा हुनेछ । पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको बागमती टिमको आत्मविश्वास बढेको छ र जित यात्रा कयाम राख्न चाहन्छ ।
राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमतीमा राष्ट्रिय टिमका पूर्वकप्तान अनुभवी खेलाडी पारस खड्का पनि छन् ।
तर पारस यस खेलपछि भने युएईमा हुने टी(१० लिगका लागि जानेछन् । बागमतीमा पृथु बास्कोटा, इशान पाण्डे जस्ता राष्ट्रिय टिममा खेलिसकेका खेलाडी छन् । यस्तै पुलिसविरुद्ध उत्कृष्ट बलिङ गरेका नन्दन यादव, तिलक राज भण्डारी र रामनरेश गिरी पनि लयमा छन् ।
उता सन्तोष भट्टको कप्तानीमा रहेको सुदूरपश्चिम प्रतियोगिताको पहिलो खेल खेल्दैछ । टिममा खडकबहादुर बोहरा, नारायण जोशी, अरुण ऐरी छन् ।
यस्तै समूह बी अन्तर्गत गण्डकी प्रदेश र प्रदेश १ बीचको खेल मुलपानी क्रिकट मैदानमा हुनेछ । गण्डकी पहिलो खेलमा विभागीय टोली आर्मीसँग ९८ रनले पराजित भएको थियो भने सिद्धान्त लोहनीको कप्तानीमा रहेको प्रदेश १ प्रतियोगितामा पहिलो खेल खेल्दैछ । दुवै टोली पहिलो जित हात पार्ने लक्ष्यमा छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया