

डब्ल्यूएचओको चेतावनी नयाँ कोरोनाका कारण २०२० भन्दा २०२१ कठिन हुनेन

एजेन्सी, माघ ४
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसकाे नयाँ प्रकारका कारण यो वर्ष झन् कठिन हुने चेतावनी दिएको छ । डब्ल्यूएचओले सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको हो ।
कोरोना भाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको पनि डब्ल्यूएचओले जनाएको छ । बेलायतमा देखा परेको उच्च सङ्क्रामक क्षमताको भाइरस ५० देश र क्षेत्रहरूमा फैलिसकेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा देखा परेको भाइरस अरू २० देशमा फैलिसकेको छ ।
जापानमा पनि नयाँ प्रकारको भाइरसले थप चिन्ता बढाएको बीबीसीले जनाएकाे छ । जापानमा चार जनामा काेराेना भाइरसको नयाँ प्रकारकाे सङ्क्रमण पहिचान भएको छ । तर उनीहरू ब्राजिलमा सङ्क्रमित भएको अनुमान छ । नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा पहिलोभन्दा सङ्क्रामक क्षमता हुनु र मानिसको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन थप सहज हुनुलाई लिइएकाे छ ।
डब्ल्यूएचओले कोरोना भाइरसको सङ्क्रमण रोक्न गरिएका प्रयास र स्वास्थ्य सावधानीको पालना गर्न तथा थप सजगता अपनाउनुपर्नेमा जोड दिएको छ । स्वास्थ्य विज्ञहरूले अहिले विकसित भएका खोपहरू कोरोना भाइरसका नयाँ प्रकारविरुद्ध पनि उत्तिकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया