

बाणगंगा वाल क्लवले जित्यो अण्डर सेभेन्टिन क्रिकेटको उपाधि



कपिलवस्तु ।
वडा स्तरिय अण्डर सेभेन्टिन क्रिकेट प्रतियोगिताको उपाधि मधुवन बाणगंगा वाल क्लवले जितेको छ । वाल सञ्जाल बाणगंगा नगरपालिका वडा नं। ८ को आयोजना तथा वडा कार्यालयको सहआयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा ज्योति वाल क्लवलाई पराजित गर्दैै मधुवन विजेता बनेको हो ।
टस हारेर ब्याटिङ सम्हालेको विजेता टिम मधुवन बाणगंगाले ज्योतिलाई १६ ओभरमा ७ विकेटको क्षतीमा १ सय १ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा ज्योति लक्ष्य भेटाउन नपुग्दै अलआउट भएको हो ।
विजेता टिमका खेलाडि क्षितीज भुसालले सर्वाधिक २३ रन ल्याएका थिए भने मिलन क्षेत्री म्यान अफ द म्याच बन्न सफल भएका छन् । त्यस्तै ब्याटिङ तर्फ म्यान अफ द सिरिज प्रविन भण्डारी र बलिङ तर्फ सत्यम पाण्डे बन्न सफल भएको खेल संयोजक मन्जित बेल्बासेले जानकारी दिएका छन् ।
यो संगै विजेता टिमले नगद ५ हजार र उपविजेताले नगद रु २५ सय सहित कप, मेडल प्राप्त गरेका छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया