

कपिलवस्तुमा निर्वाचनको तयारी थालियो



राजेन्द्र खनाल
माघ १ कपिलवस्तु ।।
प्रतिनिधि सभा विघटन सँगै सरकारले बैशखामा निर्वाचनको मिति घोषणा गरे सँगै जिल्ला निर्वाचन कार्यालयहरुले निर्वाचनको तयारी थालेका छन् ।
आसन्न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले पनि आवश्यक काम अघि बढाएको छ । निर्वाचनको मिति तोकिए सँगै कानुन संवत प्रक्रिया अगाडि बढाइएको जिल्ला निर्वाचन आयोग कपिलवस्तुका प्रमूख ज्ञानुराम पन्थीले बताउनुभयो । माघ १५ गते देखि २१ गते सम्म मतदाता नामावलि अद्यावधिकको काम गर्ने गरी काम भईरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले पुष ५ गते सम्ममा दर्ता भएका मतदाताहरुको नामावली प्रकाशन गर्ने, त्रुटी सच्याउने, नामावली अपडेट गर्ने लगाएतका काम पनि सुरु गर्ने गरी तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले मतदानस्थल र केन्द्रको पुनरावलोकन तथा प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कामको पनि तयारी गरिरहेको प्रमूख पन्थीले बताउनुभयो ।
अघिल्लो निर्वाचनमा तय गरिएका मतदानस्थल र केन्द्रको पछिल्लो अवस्था साथै आवश्यक स्थानमा पुनरालोकनका लागि काम अघि बढाइएको छ । मतदातालाई पर्ने पायक स्थानमा व्यवस्थापन गर्ने गरी मतदानस्थल र केन्द्रकोे व्यवस्थापन गरिने योजना रहेको पनि जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि त्यस विषयमा जिल्ला निर्वाचन कार्यालय कपिलवस्तवुले आफ्नो तयारी शुरु गरेको हो ।
आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तय भएसँगै कपिलवस्तुमा निर्वाचनका निमित्त आवश्यक अन्य तयारी तथा प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया