
सामाजिक सेवा फाउन्डेसनले सुरु गर्यो १०० न्यानो कपडा वितरण अभियान


राधा पाण्डे कपिलवस्तु, पुस २९
सामाजिक सेवा फाउन्डेसन नेपालले १०० न्यानो कपडा बितरण अभियान सुरु गरेको छ । वर्तमान समयमा समाज परिवर्तनको सम्वाहक बन्दै गएको फाउन्डेसनले मंगलबार अभियान कपिलवस्तुमा सुरु गरेको हो । बिगतमा पनि अभियान संचालन गरिएको र यस बर्ष पनि अभियानलाई वाणगंगाबाट सुरु गरिएको बताइएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ४ स्थित गजेडा मा.वि. मा अध्ययनरत १० जना शारीरिक रूपमा अशक्त बिद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गरि अभियान सुरु गरिएको हो। यो अभियान वाणगंगा नगरपालिका भित्र माघ ८ गतेसम्म जारी रहने अभियानका संयोजक अनिश अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै अधिकारिले बिगतका बर्षहरुमा केही रकम बाहिरी सहयोगबाट संकलन गरि अभियान संचालन गरिएको तर अहिले कोरोना महामारीका कारण कपिलवस्तु शाखाको आफ्नै पहलमा कार्यक्रम सुरु गरिएको उहाँले बताउनु भयो । कुनै त्यस्ता कमजोर अवस्था भएका ब्यक्तिहरुलाइ घरमै गएर भएपनी न्यानो कपडा बितरण गर्ने संस्थाले दाबी गरेको छ ।
मनोज शर्मा पाठकको अध्यक्षता, विद्यालयका प्र. अ. रामप्रसाद अधिकारिको विशिस्ट आतिथ्यता, बिद्यालयका शिक्षक शिक्षिकाको आतिथ्यता रहेको कार्यक्रम रश्मि श्रेष्ठको संचालनमा सप्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया