

लुम्बिनी प्रदेश स्तरीय छनौट क्रिकेट : नवलपरासी र बाँकेले जित हात पारे



प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा सोमबार समूह ‘ए’को खेलमा नवलपरासीले पाल्पालाई २७ रनले पराजित गरेको छ । नवलपरासीको यो लगातार दोस्रो जित हो । यस्तै लमहीमा भएको समूह ‘बी’ को खेलमा बाँकेले बर्दियालाई २ विकेटले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको समूह ‘ए’को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले ७ विकेट गुमाई १३६ रनको योगफल बनाएको थियो ।
उसका लागि जितेन्द्र साहनीले ५८, रञ्जीत खड्काले २२ र सद्दाम अन्सारीले २१ रनको योगदान गरे । बलिङमा पाल्पाका सागर थापा क्षेत्रीले ३, श्रीधर बश्याल, सुरेश गोदार र रुपेश बश्यालले १\१ विकेट लिए । जवाफी ब्याटिङ गरेको पाल्पाले २३।४ ओभरमा सबै विकेट गुमाई १०९ रनमै समेटियो । उसका लागि नरेश कुमार कार्कीले ३४, मनिष न्यौपानेले १५ रन बनाए ।
बलिङमा नवलपरासीका अर्पण लोनियाले ३, जितेन्द्र साहनी र मनिष पाण्डेले समान २\२, जगदीष चौधरी र अजित यादवले १\१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच घोषित भए । मौसमका कारण आजको खेल २८ ओभरमा छोट्याइएको थियो । भोलि समूह ‘ए’ अन्तर्गत कपिलवस्तु र पाल्पाबीच प्रतिस्पर्धा हुनेछ । दाङको लमहीमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा टस हारेर ब्याटिङ्ग गर्न आएको बर्दियाले १४ दशमलव चार बलमा सबै विकेट गुमाएर मात्र ५८ रन बनाउन सक्यो ।
उसका लागि सिदार्थ श्रेष्ठले १७ र समिर आचार्यले दश रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बर्दियालाई सस्तैमा रोक्न दीपेन्द्र रावतले सात विकेट लिएका थिए । ५९ रनको झिनो लक्ष्य पक्ष्याएको बाँकेको पनि राम्रो शुरुवात हुन सकेन । १५ दशमलव दुई बलमा आठ विकेटको क्षतीमा बल्ल लक्ष्य पुरा ग¥यो । जसमा सुनिल भण्डारीले १३ र अनुप सिंहले दश रन बनाए । बर्दियाका गोपाल जिसीले चार र बिशाल विक्रम केसीले तीन विकेट लिएका थिए । म्यान अफ दी म्याच दीपेन्द्र रावत भए ।
भोलि समूह ‘बी’ अन्तर्गत बाँके र दाङबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया