
कपिलवस्तुका सडक मानवको उद्धारमा जुटदै मानव सेवा आश्रम

मानव सेवा आश्रम बुटवलको राष्ट्रिय उद्धार कार्यक्रम मेचीमहाकाली यात्रा कपिलवस्तुमा आईपुगेको छ । बेसाहारा, अभिभावक बिहिन, सहयोगापेक्षी, सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने प्रतिवद्धताका साथ देशैभर अभियान सञ्चालन गरिएको हो ।कपिलवस्तुका विभिन्न स्थानमा पुगि १३ बेसाहारा, अपांग, मानसिक सन्तुलनमा समस्या भएका, परिवारबाट तिरस्कृत लगायत विभिन्न कारणबाट सडक मानव हुन बाध्य भएका १३ जना व्यक्तिहरुको उद्धार गरेको छ । ती उद्धार गरिएका व्यक्तिहरुलाई सिद्धार्थ क्याम्पसको प्रांगणमा लगि सरसफाईका साथ खाना खुवार मानव सेवा आश्रम बुटवल शाखामा लगिएको छ ।
मानव सेवा आश्रमले देशैभरबाट सडक मानवहरुको विवरण संकलन गरि उद्धार गरेर, औषधि उपचार, पालनपोषण, मनोचिकित्सकीय सेवा, जिविकोपार्जन सम्बन्धि तालिम प्रदान, पारिवारिक पुर्नमिलन, पारिवारिक परामर्श, पारिवारिक पुर्नमिलन हुन नसकेका बेसाहाराहरुको दिर्घकालिन पालनपोषण तथा विभिन्न उत्प्रेरणामुलक तालिम समेत प्रदान गर्दै आएको छ ।सोहि क्रममा कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि जिल्लाबाट १३ जनाएको उद्धार गरिएको जानकारी गराईएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले यो अभियानमा जोडिनुभएका सम्पुर्ण अभियानता र आश्रम परिवारलाई धन्यवाद दिएका थिए ।
सांसद पन्थीले भौतिक विकास निर्माणले देश संमृद्ध हुन नसक्ने भन्दै जहिले सम्म बेसाहारा, घरवारबिहिनको उद्धार गर्न सकिदैन तवसम्म विकासको अनुभुति गर्न नसकिने बताए । संघिय, प्रदेश सरकारको सहयोगमा यो कार्य सबै स्थानीय तहले गर्नुपर्नेमा जोड दिएका थिए ।त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले ठुला ठुला आयोजना निर्माण गर्न बजेट विनियोजन गर्ने तर बेसाहारा मानिसको उद्धारका लागि बजेट विनियोजन गर्न अझै पनि स्थानीय तहले नसकेको बताए ।
कार्यक्रममा सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख बेदराम अर्याल, मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति गोबिन्दराज पोख्रेल, माहुरी होमका महासचिव माया ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।मानव सेवा आश्रम लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष रामजि अधिकारीले पुस ७ गतेबाट सुरु गरिएको यो महा अभियानबाट विक्रम संवत २०८२ साल भित्र सडक आश्रित मानव रहित राष्ट्र निर्माण निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढेको जानकारी दिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया