

जनसेवा आ.भू र शिद्धार्थ मा.वि मा बन्ने भयो चार कोठे पक्कि भवन



पुष २७ कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयमा थप नयाँ विद्यालय भवन बन्ने भएको छ ।
वाणगंगा नगरकार्यपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले नगरपालिकाका दुईवटा विद्यालयका लागि चारकोठे पक्की भवन निर्माणका लागि बजेट प्रदान गर्ने निर्णय गरे सँगै जनसेवा आधारभूत विद्यालयमा पनि चारकोठे नयाँ पक्कि भवन बन्ने भएको हो ।
सो भवन निर्माणका लागि नगरपालिकाले रु. ३६ लाख बजेट विनियोजन गरेको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले बताउनुभयो । जनसेवा आधारभूत विद्यालय सँगै सो योजनामा सिदार्थ माबि बुङची पनि परेको छ । भौतिक पूर्वाधारको खाँचो रहेका बेला नगरपालिकाले भवन निर्माणको योजना पारेको हुँदा पुर्वाधार निर्माणले विद्यालयको विकासमा टेवा पुग्ने प्रधानाध्यापक पाण्डेले बताउनुभयो ।
यस्तै कार्यपालिका बैठकले अन्य विद्यालयका लागि शौचालय निर्माण तथा विज्ञान प्रयोगशाला निर्माणका लागि पनि बजेट बाँडफाँड गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया