

सन मोडेल इ.बो. स्कुलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न



राधा पाण्डे कपिलवस्तु, पौष २७
एन प्याब्सनको २३ औंं स्थापना दिवसको अवसर पारेर सन मोडेल इ.बो. स्कुलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “सहजतामा मात्र होइन, संकटमा पनि निजि विद्यालय सदैव बालबालिका माझ” शीर्षकमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा भाग लिएका मध्ये कक्षा ८ मा अध्ययनरत विद्यार्थी शंकर पोखरेल प्रथम, कक्षा ९ मा अध्ययरत विद्यार्थी अजय गिरी द्धितीय र कक्षा ८ मा अध्ययनरत विद्यार्थी दिपक यादवले तृतीय स्थान हासिल गरेका थिए । सफलता प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा प्रतिस्पर्धामा सफल विद्यार्थीहरुलाई बधाई दिँदै विद्यालयका प्रधानाध्यापक मदन मल्लले निजि विद्यालयले शैक्षिक उन्नयन र देश विकासमा ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले निजि विद्यालयका विद्यार्थीहरुको भविष्य निकै उज्जवल हुने हुनाले निजी विद्यालय अभिभावक र विद्यार्थीको रोजाइ भएको स्पष्ट पार्नुभयो ।
यस्तै कार्यक्रममा विद्यालयका सह प्रधानाध्यापक दुर्गा राजकोटीेले एन प्याब्सनले गरेका हरेक क्रियाकलाप सह्रानीय रहेको बताउनुभयो । उहाँले कोभिड १९ को संकटमा अनलाइन कक्षा संचालन र घरघरमा गएर शिक्षण गरिनु उल्लेखनीय कार्य भएको बताउनुभयो ।

यस्तै शिक्षक रामकेवल लोहारले निजि विद्यालयले जुनसुकै परिस्थितिको सामना गर्न पछि नपर्ने हुनाले शैक्षिक क्षेत्रमा सफलता हासिल गर्न सकेको दावी गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीरुले आ आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । प्रतियोगितामा शिक्षक राधा पाण्डे, समिर चालिसे र अप्सरा गौतमले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक मदन मल्लको अध्यक्षता रहेको कार्यक्रम कक्षा १० का छात्रा पूजा गिरी र दुर्गा गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया