

पीएसएलमा छनोट भएनन् नेपालका कुनै पनि खेलाडी



काठमाडौं ।
पाकिस्तान सुपर लिग ९पीएसएल० २०२१ मा नेपालका कुनै पनि खेलाडी छनोट हुन सकेनन् । लेगस्पीनर सन्दीप लामिछानेसहित नेपालबाट १० खेलाडी पीएसएलको ड्राफ्टमा समावेश भएका थिए ।
सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमम थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले नेपाली खेलाडीलाई रोजेनन् ।
सन्दीप समावेश प्लाटिनम क्याटेगोरीबाट क्रिस गेल, रासिद खान, क्रिस लिन, डेविड मिल्लर टम ब्यान्टम जस्ता खेलाडी पीएसएलमा छनोट भएका छन् ।
ड्राफ्टमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल र अलराउण्डर पारस खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सिल्भर क्याटेगोरीमा समावेश थिए ।
ड्राफ्टपछि हरेक टिमले कम्तीमा १६ र बढीमा १८ खेलाडी राखेका छन् । त्यसअघि हरेक टिमले अघिल्लो सिजनबाट ८ खेलाडी रिटेन गर्न पाउने प्रावधान थियो । जसमा पेशावर जाल्मीले ५ खेलाडी मात्र रिटेन गरेको थियो भने अन्य ५ टोलीले समान ८ खेलाडी रिटेन गरिसकेका थिए ।
पीएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया