राप्ती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा मुख्यमन्त्रीद्धरा उद्‌घाटन

दाङ ।
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सिटी स्क्यान सेवा र आवास भवनको उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उक्त भवनको उद्घाटन गर्दै अस्पतालजस्तो क्षेत्रको जमिन अतिक्रमणमा पर्नु दुखद भएको बताए । सबै नागरिकहरुले अतिक्रमण हटाउन सहयोग गर्न उनले आग्रहसमेत गरे । उनले राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न प्रदेश सरकारले परियोजना तयार गरेको पनि बताए ।

मुख्यमन्त्री पोखरेलले उपकरण र चिकित्सक हुँदाहुँदै पनि उपचारमा आएका बिरामीलाई रिफर गर्ने गरेको गुनासाहरु आउने गरेको बताउँदै रिफर गर्ने कार्य रोकी त्यसलाई व्यवस्थापन गर्न अस्पताल विकास समितिलाई आग्रह गरे ।

साथै अस्पताललाई कसरी विकास गर्ने भन्ने विषयमा पनि यहाँका जिम्मेवार चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिलाई यही वर्षदेखि मास्टर प्लान बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

खबर सबै