

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनलमा नेपाली टिम


काठमाडौं, पुस २२
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरेको छ ।
पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिपका लागि छनौट भएका थिए ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेल खेलमा ३ सय १२ अंक बटुलेको थियो ।
जसमा किल प्वाइन्ट १ सय ३२ र प्लेस प्वाइन्ट १ सय ८० प्राप्त गरेको थियो । त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा १ सय १४ अंक मात्र बटुल्न सफल भएको थियो ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबैमा हुँदै छ ।


खबर सबै
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ









प्रतिक्रिया